Leseplan-informasjon

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूकाPrøve

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

Dag 3 av 20

यस भागमा, लूकाले अगाडिको समयलाई नजिकबाट हेर्छन्‌। यूहन्ना अहिले यर्दन नदीमा नवीकरण सेवाको नेतृत्त्व गरिरहेका अगमवक्ता हुन्। त्यहाँ गरिब, धनी, कर उठाउने र सिपाहीहरूसमेत ठूलो सङ्ख्यामा मानिसहरू बप्तिस्मा लिन आइरहेका छन्। यी सबै मानिसहरूले आफूलाई नयाँ जीवनशैलीमा समर्पण गरिरहेका छन्। धेरै पहिले इस्राएलीहरू यही नदी पार गरेर आफ्नो भूमिमा अधिकार गर्न आए र परमेश्‍वरले उनीहरूलाई एउटा जिम्मेवारी दिनुभयो। तिनीहरूलाई केवल उहाँकै सेवा गर्न, छिमेकीलाई प्रेम गर्न र एकसाथ न्यायको पछि लाग्न बोलाइएको थियो। हामीलाई पुरानो नियमका घटनाहरूबाट थाहा छ,उनीहरू यसो गर्न बारम्बार चुके। त्यसैले यूहन्नाले इस्राएललाई फेरि यर्दन नदीको पारिपट्टि जान र फेरि आफ्नो परमेश्‍वरप्रति पुनः समर्पित हुन बोलाउँदैछन्‌ । यो नवीकरण अभियानले तिनीहरूलाई परमेश्‍वरले अब गर्नुहुने कुराको लागि तयार पार्नेछ। अहिले यही यर्दन नदीमा आफ्नो राज्यको कार्य शुरु गर्न तयार भएर येशू देखा पर्नुहुन्छ। येशूलाई यूहन्नाले बप्तिस्मा दिन्छन्‌ र उहाँ पानीबाट निस्कनुहुँदा आकाश खुल्छ र स्वर्गबाट एउटा आवाजले भन्छ, "तिमी मेरा पुत्र हौ जसलाई म प्रेम गर्दछु, तिमीसँग म अत्यन्त प्रसन्न छु।" यहाँ परमेश्‍वरका वचनहरू हिब्रू धर्मशास्त्रबाटका प्रतिध्वनिहरूले भरिएका छन्। यो पहिलो पङ्‌क्ति भजनसंग्रह २ को हो। त्यहाँ परमेश्‍वरले एक राजा यरूशलेममा आएर जातिहरूमाझ दुष्टको बिरोध गर्न यरूशलेममा शासन गर्नुहुनेछ भनि प्रतिज्ञा गर्नुभयो। अर्को पङ्‌क्ति चाहीँ अगमवक्ता यशैयाबाट हो। यसले मसीह एक सेवक बन्ने अनि इस्राएलको खातिर कष्ट भोगेर मर्नुहुनेछ भनि बताउँछ। यसपछि, लूका येशूको वंशावली पहीलाउँदै दाऊद (इस्राएलका राजा) - देखि अब्राहाम (इस्राएलका पिता), आदम (मानिस जातिका पिता) र परमेश्‍वर (सबैका सृष्टिकर्ता)- सम्म पुग्छन्‌। यसमा लूकाले हामीलाई येशूलाई मसीही राजाको रूपमा हेर्न मदत गर्छन्। उहाँ इस्राएललाई मात्र नभई सम्पूर्ण मानव जातिलाई पुन: नयाँ बनाउन परमेश्‍वरबाट आउनुभयो। पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस् •लूका ३:२१-२२सँग यशैया ४२:१-४ र भजनसंग्रह २:७-९ मा भएका परमेश्‍वरको बचनसँग तुलना गर्नुहोस्। तपाईं के याद गर्नुहुन्छ? •बप्तिस्मा दिने यूहन्नाको परिचय र उद्देश्य पूर्वानुमान गरिएको भविष्यवाणी पढ्नुहोस् (यशैया ४०:३-५, मलाकी ४:५) । यी परिच्छेदहरूलाई लूका ३:७-१४मा लिपिबद्ध यूहन्नाको सन्देशसँग तुलना गर्नुहोस्। तपाईं के याद गर्नुहुन्छ? •बप्तिस्मा दिने यूहन्ना र भीडहरूले राजा येशूको सार्वजनिक उपस्थितिप्रति कस्तो प्रतिक्रिया देखाए? आज तपाईंको प्रतिक्रिया कस्तो छ? •येशू एक मसीही राजा हुनुहुन्छ, जसले हामीलाई नयाँ शुरुवात् दिनुहुन्छ। उहाँमा हामी परमेश्‍वरको प्रिय समर्थन प्राप्त गर्न सक्छौं। उहाँलाई प्रार्थना गर्न समय निकाल्नुहोस्। कृतज्ञता व्यक्त गर्नुहोस्, कहाँ गाह्रो भएको छ उहाँलाई भन्नुहोस् र के खाँचो छ सो उहाँसँग माग्नुहोस्।
Dag 2Dag 4

Om denne planen

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्...

More

YouVersion bruker informasjonskapsler for å tilpasse opplevelsen din. Ved å bruke nettstedet vårt godtar du vår bruk av informasjonskapsler, som beskrevet i vår Personvernerklæring