Leseplan-informasjon

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूकाPrøve

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

Dag 1 av 20

लूकाले येशूको जीवनमा सबैभन्दा प्रारम्भिक प्रत्यक्ष साक्षीहरूको अनुसन्धान गर्छन् र त्यसपछि आफ्नो सुसमाचारको पुस्तक रचना गर्छन्। यो कथा यरूशलेमको पहाडहरूमा शुरु हुन्छ जहाँ इस्राएलका प्राचीन अगमवक्ताहरूले परमेश्‍वर स्वयम् एक दिन सारा पृथ्वीमा आफ्नो राज्य स्थापना गर्न आउनुहुनेछ भनेर भनेका थिए। यरूशलेमको मन्दिरमा एक दिन जकरिया नामका पुजारीले काम गर्दै गर्दा उनले एउटा दर्शन देख्छन् जसले गर्दा उनी तर्सिन्छन्। एक जना स्वर्गदूत देखा पर्छन् र भन्छन् कि उनी र उनकी पत्नीको एउटा छोरो हुनेछ। यो त अचम्म भयो किनभने जकरिया र उनकी पत्नी बच्चा जन्माउन नसक्ने पाका उमेरका छन्‌ भनेर लूका हामीलाई बताउँछन्‌। यस विवरणलाई लूकाले इस्राएलका महान पुर्खाहरू अब्राहाम र साराको कथासँग समान रूपमा तुलना गर्दैछन्। उनीहरू पनि धेरै बुढा-बुढी भइसकेका थिए र त्यो बेलासम्म उनीहरूले बच्चा जन्माउन सकेका थिएनन् जबसम्म परमेश्‍वरले चमत्कारी रूपमा उनीहरूलाई एउटा छोरो इसहाक दिनुभएन जस मार्फत इस्राएलको सम्पूर्ण कथा शुरु भयो। त्यसैले लूकाले यहाँ परमेश्‍वरले अब फेरि केही महत्त्वपूर्ण कुरा गर्दै हुनुहुन्छ भनेर सङ्केत गर्दैछन्। ती स्वर्गदूतले जकरियालाई उनको छोराको नाम यूहन्ना राख्नू भन्छन्। उनी भन्छन्, उनका छोरा नै इस्राएलका पुराना भविष्यवक्ताहरूले इङ्गित गरिरहेका व्यक्ति हुनेछन्। तिनीहरूले भनेका थिए, कोही एकजना आउनेछन्‌ जसले परमेश्‍वर यरूशलेममाथि शासन गर्न आउनु अघि इस्राएललाई आफ्ना परमेश्‍वरसँग भेट्न तयार पार्ने थिए। जकरियाले त्यो पत्याउन सक्दैनन्‌ र यूहन्नाको जन्म नभएसम्म उनको बोली बन्द हुन्छ। त्यही स्वर्गदूतले फेरि मरियम नाम गरेकी कन्यालाई पनि यस्तै छक्क लाग्दो समाचार दिए। उनले पनि अचम्म तरिकासँग एक छोरा जन्माउने छिन्‌ जसलाई इस्राएलका अगमवक्ताहरूले प्रतिज्ञा गरेका थिए। ती स्वर्गदूतले उनको नाम येशू राख्नू र उनी दाऊद जस्ता राजा हुनेछन् जसले परमेश्‍वरका जनहरूलाई सदासर्वदा शासन गर्नेछन्‌ भनेर भन्छन्। उनले थाहा पाउँछिन्‌, परमेश्‍वर आफै उनको गर्भमा रहेर मानवतासँग बाँधिनुहुनेछ र यसरी उनले मसीहलाई जन्म दिनेछिन्। त्यसरी, मरियम एउटा सानो बस्तीकी कन्याबाट भावी राजाकी आमा हुन्छिन्‌। उनी अचम्मित् भइन्‌ र कसरी आफ्नो परिवर्तित सामाजिक मर्यादाले आउने वाला एउटा महान कायापलटतर्फ इङ्गित गर्दैछ भन्ने विषयमा एउटा गीत गाइन्‌। उनको पुत्र मार्फत परमेश्‍वरले शासकहरूलाई उनीहरूको सिंहासनबाट हटाउनुहुन्छ अनि गरिब र नम्रहरूलाई उचाल्नुहुन्छ। उहाँले सम्पूर्ण विश्‍व व्यवस्थालाई उलटपुलट पार्नुहुन्छ। पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्: • जकरिया र एलिजाबेथका अनुभवहरूलाई अब्राहाम र साराको अनुभवसँग तुलना गर्नुहोस्। कसरी दुवै दम्पतीले परमेश्‍वरका प्रतिज्ञाहरूमाथि विश्‍वास गर्न सङ्घर्ष गरेर विजय हासिल गर्छन्‌? लूका १:५-२५ र उत्पत्ति १५:१-६, १६:१-४, १७:१५-२२, १८:९-१५, २१:१-७ हेर्नुहोस् । •स्वर्गदूतको यो अचम्म लाग्दो सन्देशप्रति मरियम र जकरियाले कसरी प्रतिक्रिया दिए? यसपछि उनीहरूले स्वर्गदूतलाई सोधेका भिन्ना-भिन्नै प्रश्नहरूलाई ध्यान दिनुहोस्। यो कसरी हुनेछ भनेर निश्चित हुन जकरिया जान्न चाहन्छन् भने मरियम यो कस्तो तरिकाले हुनेछ भनेर जान्न चाहन्छिन्। एकजना शङ्कास्पद छन्‌ भने अर्कोचाहिँ उत्सुक। परमेश्‍वरको राज्यको घोषणाप्रति तपाईंकोप्रतिक्रिया कस्तो छ? •मरियमको गीत (लूका १:४६-५५)-लाई हन्नाको गीत (१ शमूएल २: १-१०) सँग तुलना गर्नुहोस् । तपाईंले के थाहा गर्नुभयो? मरियम र हन्नाका गीतहरूले कसरी परमेश्‍वरको राज्यको नयाँ प्रकारको प्रकृतिको बारेमा बताउँछन्? •तपाईंको पढाइ र मननले प्रार्थना गर्न प्रेरित गरोस्। तपाईंलाई अचम्मित् हुन प्रेरित गर्ने कुरा‌ र तपाईं कसरी उहाँको सन्देशसँग सहमत हुनुहुन्छ, त्यसबारे परमेश्‍वरसँग प्रार्थना गर्नुहोस्। आफूलाई शङ्का लागेको कुरामा इमानदार हुनुहोस् र आफूलाई चाहिएको कुरा माग्नुहोस्।
Dag 2

Om denne planen

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्...

More

Liknende planer

YouVersion bruker informasjonskapsler for å tilpasse opplevelsen din. Ved å bruke nettstedet vårt godtar du vår bruk av informasjonskapsler, som beskrevet i vår Personvernerklæring