Leseplan-informasjon

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूकाPrøve

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

Dag 5 av 20

हामी लूकाको अर्को अध्यायहरूमा पुग्दा, येशूले यशैयाको पुस्तकबाट पढेपछि बोल्नु भएका शब्दहरूलाई ध्यान दिउँ। हर समय यशैयाले इङ्गित गरिरहेका व्यक्ति येशू नै हुनुहुन्छ। उहाँ नै अभिषिक्त जन हुनुहुन्छ जसले गरिबहरूलाई सुसमाचार ल्याउनुहुन्छ, टुक्रिएका हृदयहरूलाई निको पार्नुहुन्छ र बन्धकहरूलाई छुटाउनु हुन्छ। येशूले भन्नुभयो, “आज यो धर्मशास्त्र पूरा भएको छ।” यो घोषणापछिका कथाहरूले येशूका सुसमाचारहरू कस्ता छन् भनेर देखाउँछन्। लूकाको यस खण्डमा, येशूले थकित मछुवाहरूलाई आश्चर्यमय ढङ्गमा माछा जुटाइ दिनुभएको, कुष्ठ रोगीलाई निको पार्नुभएको, पक्षाघातीलाई क्षमा दिनुभएको र सामाजिक रूपमा घृणित कर उठाउनेलाई आफ्नो अभियानमा सामेल गर्नुभएको कुराहरू नै सुसमाचार हुन् । यो कुराले सबै धार्मिक समूहहरूमा हलचल मच्चाउँछ र अझ येशूले विश्रामको दिनमा एकजना हात सुकेको व्यक्तिलाई निको पार्नुहुहुन्छ। यति भए धार्मिक अगुवाहरूलाई पुग्यो। येशूले किन तिनीहरूको विश्राम दिनको नियम तोड्दै हुनुहुन्छ र यस्ता खराब निर्णयहरू गर्ने व्यक्तिहरूसँग किन घुलमिल गर्दै हुनुहुन्छ भन्ने कुरा तिनीहरूले बुझ्न सक्दैनन्। तर येशू पीडितहरूको पक्षमा उभिनुभयो र धार्मिक अगुवाहरूलाई यहूदी व्यवस्थाको मर्म र उहाँको उल्टो प्रकारको राज्यको प्रकृति बताउनुभयो। उहाँ निरोगीहरूलाई होइन तर बिरामीहरूलाई हेरचाह गर्ने एक डाक्टर जस्तै हुनुहुन्छ भनेर तिनीहरूलाई बताउनुहुन्छ। विश्रामको दिन भनेको नै कष्टमा परेकाहरूको पुनर्स्थापनाको निम्ति हो भनि उहाँ स्पष्ट पार्नुहुन्छ। येशू पुनर्स्थापनाकर्ता हुनुहुन्छ। उहाँले समाजका वरिष्ठहरूलाई होइन तर कष्टमा परेकाहरूलाई पुनर्स्थापित गर्नुहुन्छ। अनि पीडितहरूले उहाँलाई पच्छ्याउँदा उनीहरू पुनर्स्थापित हुन्छन् र उहाँसँग अभियानमा सामेल हुन्छन्। पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस् •मसीहको स्वन्त्रताको पुनर्स्थापना प्राप्त गर्नेहरू (यशैया ६१:१-३) तिनै हुन् जसले आफ्ना स्वतन्त्रता अरूलाई बाँडेकाछन् (यशैया १:४)। येशूले कसरी यशैयाको भविष्यवाणी लूकाको विवरणमा पूरा गर्दै हुनुहुन्छ? •तपाईंले येशूको पुनर्स्थापनाको स्वन्त्रतालाई कसरी अनुभव गर्नुभएको छ? यो हप्ता तपाईंले त्यो स्वतन्त्रता बाँड्न सक्ने एउटा तरिका के हो? •कसरी सिमोन, याकूब, यूहन्ना, भीड, कुष्ठ रोगी, पक्षाघाती र उनका साथीहरू अनि शास्त्री र फरिसीहरूले येशूको सुसमाचारप्रति प्रतिक्रिया देखाए? आज तपाईंको प्रतिक्रिया कस्तो छ? •तपाईंको पढाइ र मननले प्रार्थना गर्न प्रेरित गरोस्। पुनर्स्थापना गर्ने परमेश्‍वरको हृदयको लागि उहाँलाई धन्यवाद। आफ्नो जीवन र समुदायमा पुनर्स्थापनाको आवश्यकता महसुस् हुँदा त्यो विषयमा उहाँसँग प्रार्थना गर्नुहोस् । परमेश्‍वरले सुन्दै हुनुहुन्छ।
Dag 4Dag 6

Om denne planen

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्...

More

YouVersion bruker informasjonskapsler for å tilpasse opplevelsen din. Ved å bruke nettstedet vårt godtar du vår bruk av informasjonskapsler, som beskrevet i vår Personvernerklæring