YouVersion Logo
Search Icon

Plan Info

इस्टरसम्बन्धी कथानमूना

The Story of Easter

DAY 5 OF 7

शुक्रबार



पावलले फिलिप्पी ३ मा लेख्छन् कि उनी “ख्रीष्ट र उहाँको पुनरुत्थानको शक्ति र उहाँको मृत्युमा उहाँजस्तै बन्न उहाँको दुःखमा सहभागी हुने सङ्गतिलाई जान्न चाहन्छन् । यद्यपि यो डरलाग्दो दृश्य अनुभव गर्न चाहनु असम्भव देखिन्छ, यो कथाले प्रदान गरेको चमत्कार भनेको हामीले ख्रीष्टलाई साँच्चै चिन्न सक्छौं । जब हामी शान्ति, आनन्द, निर्ममता, र सबै हिंसाबाट चम्किरहेको अनुग्रहलाई हेर्छौं, तपाईंले उहाँको मृत्युमा उहाँजस्तै बन्ने सुन्दरता देख्न सक्नुहुनेछ । उहाँको जीवन पितामाथि पूर्ण भरोसा राख्दै कति सरल थियो । उहाँलाई हेरचाह गर्ने अरु कोही थिएन, तर एक आमा मात्र जसलाई उहाँले आफ्नो सबैभन्दा मिल्ने साथीलाई सुम्पनुभयो । उहाँको एक मात्र सम्पत्ति जो उहाँको लुगा थियो, सिपाहीहरुमध्ये कसले कुन भाग पाउने भनेर निश्चय गर्न चिठ्ठा हालियो । त्यो सादगी । दुष्यको त्यो स्पष्टता । परमेश्वरको उद्देश्यको लागि त्यो भक्ति । पितामाथिको त्यो पूर्ण भरोसा - त्यही नै हो जसको चाह राख्नु पर्छ ।.

धर्मशास्त्र

Day 4Day 6

About this Plan

The Story of Easter

यो तपाईको अन्तिम साता हो भनेर थाहा पाउनुभयो भने तपाईले जीवनको त्यो क्षण कसरी बिताउनु हुन्छ । त्यो अघिल्लो हप्ता जहिले येशू मानव रुपमा पृथ्वीमा हुनुहुन्थ्यो, जुन सम्झनलायक क्षणहरु, भविष्यवाणीहरु पूरा भएका, आत्मीय प्रार्थन...

More

यो योजना उपलब्ध गराउनुभएकोमा हामी Life.Church लाई धन्यवाद दिन चाहन्छौं । यदि तपाइँ Life.Church बारे थप जान्न चाहनुहुन्छ भने, कृपया भ्रमण गर्नुहोसः www.Life.Church

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy