Leseplan-informasjon

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरितPrøve

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

Dag 6 av 20

यो अर्को खण्डमा, स्तिफनसको दुःखद हत्याले येशूको अभियानलाई रोक्‍न सक्दैन भन्‍ने कुरा लूकाले देखाउँछन्‌। वास्तवमा, त्यो सतावटले गर्दा धेरै चेलाहरू यरूशलेमबाट छरपस्ट भई यहूदिया र सामरियाका आसपास गैरयहूदी प्रान्तहरूमा गए। चेलाहरू छरपस्ट हुने क्रममा, तिनीहरूले येशूले खटाउनु भएझैं आफ्‍नो साथमा परमेश्‍वरको राज्यको सन्देश पनि लिएर जान्छन्‌। चेलाहरूले येशूको कथा उद्घोषणा गर्छन्‌ अनि मानिसहरू आश्‍चर्यजनक रूपमा स्वतन्त्र र निको हुन्छन्‌। एक जना चर्चित जादुगरले परमेश्‍वरको शक्ति उनको भन्दा निकै महान् छ भन्‍ने देख्छन् अनि इथियोपियाकी रानीको दरबारका अधिकारीले बप्तिस्मा लिन्छन्। राज्य विस्तार भइरहेको छ र कुनै पनि कुराले परमेश्‍वरको योजनालाई पल्टाउन सक्दैन, चाहे त्यो शाऊल नामक धार्मिक अगुवा नै किन नहोस् जसले येशूका अनुयायीहरूलाई घरबाट निकाल्दै झ्यालखानामा हाल्ने काम गर्छन्। शावल अझै बढी चेलाहरूलाई कैद गर्न खोज्दै दमस्कसतिर जाने क्रममा, उनलाई अन्धा तुल्याउने ज्योति र स्वर्गबाट आएको आवाजले रोक्छ। यो आवाज बौरी उठ्नुभएका येशू स्वयमको हो। उहाँले शाऊललाई तिमी किन मेरो विरुद्धमा लडिरहेका छौ? भनेर सोध्‍नुहुन्छ। यो भेट र त्यसपछि भएका अचम्‍मका चिन्‍हहरूले गर्दा येशू वास्तवमा को हुनुहुन्छ भन्‍नेबारे शाऊलको मन पूरै बद्लिन्छ। शाऊलका योजनाहरू उलट-पुलट हुन्छन्। दमस्कसमा येशूका अनुयायीहरूलाई सताउनुको सट्टा अब शाऊल तिनीहरूमध्येकै एक बन्छन् र तुरुन्तै येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भनेर घोषणा गर्न थाल्छन्। पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्: • जादुगर सिमोनसँग पत्रुसले गरेका कुराकानीलाई पुनरावलोकन गर्नुहोस् (८:१८-२४ हेर्नुहोस्)। तपाईं के याद गर्नुहुन्छ? सिमोनलाई किन पवित्र आत्मा चाहियो भन्‍ने तपाईंलाई लाग्छ? उपहार र खरिदबीच के भिन्‍नता छ? परमेश्‍वरलाई कमाउन वा खरिद गर्न सकिन्छ भन्‍ने विश्‍वास कसरी बन्धन जस्तै हो (८:२३)? • दरबारका अधिकारीसँग फिलिपले गरेको कुराकानीलाई पुनरावलोकन गर्नुहोस् (८:३०-३७ हेर्नुहोस्) । दरबारका अधिकारीसँग यशैयाको पुस्तकबारे प्रश्‍नहरू थिए अनि फिलिपले येशूको सुसमाचार घोषणा गर्दै त्यसको उत्तर दिए। उक्त पुस्तक आफै पढ्नुहोस् र अवलोकन गर्नुहोस् (यशैया ५३ हेर्नुहोस्) । यशैया ५३ ले येशूबारे कसरी व्याख्या गर्छ? • शाऊलको यात्राका अभिप्रायबारे लूकाले गरेको व्याख्यालाई (९:१-२ हेर्नुहोस्) शाऊलको वास्तविक यात्रा अनुभवसँग तुलना गर्नुहोस् (९:२०-२४ हेर्नुहोस्) । आफ्नो जीवनका योजनाहरूलाई परमेश्‍वरले कसरी परिवर्तन गर्नुभएको छ भनेर के तपाईं बताउन सक्नुहुन्छ? • पढाइ र मननलाई प्रार्थनामा परिवर्तन गर्नुहोस्। के कुराले तपाईंलाई अचम्‍मित् तुल्यायो, त्यसबारे परमेश्‍वरसँग कुराकानी गर्नुहोस्। आफ्‍ना योजनाहरूलाई उहाँमा अर्पण गर्नुहोस् र उहाँ वास्तवमा को हुनुहुन्छ भन्‍नेबारे तपाईंको दृष्टिकोणलाई नवीकरण गरी माग्नुहोस्‌।
Dag 5Dag 7

Om denne planen

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई प्रेरितको पुस्तक २० दिनमा पढी सिध्याउन उत्प्रेरित गर्ने उद्देश्यले उल्टो प्रकारको राज्य भाग-२ डिजाइन गऱ्यो। यस योजनाले सहभागीहरूलाई येशूसँग नजिक रहेको अनुभव गर्न ...

More

YouVersion bruker informasjonskapsler for å tilpasse opplevelsen din. Ved å bruke nettstedet vårt godtar du vår bruk av informasjonskapsler, som beskrevet i vår Personvernerklæring