Leseplan-informasjon

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरितPrøve

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

Dag 11 av 20

प्रेरितको पुस्तकको अर्को खण्डमा, गैर-यहूदी इसाईहरू येशूको अभियानको भाग बन्नको लागि (खतना, विश्राम-दिन र खानपान सम्‍बन्धी यहूदी नियमहरूको पालना गरेर) यहूदी बन्नुपर्छ भनेर दाबी गर्ने केही यहूदी इसाईहरूबारे पावलले पत्ता लगाउँछन्। तर पावल र बर्णाबासले यसमा पूर्ण रूपमा असहमति जनाउँछन् अनि यो कुरा समाधान गर्न तिनीहरूले यरूशलेमको परिषदमा यसलाई बहसको लागि लैजान्छन्। त्यहाँ हुँदा, पत्रुस, पावल र याकूब (येशूका भाई) ले परमेश्‍वरको योजना सधैँ नै सबै जातिलाई समावेश गर्नु हो भनेर धर्मशास्त्र र आफ्ना अनुभवहरूबाट बताउँछन्‌। त्यसपछि महासभाले अभूतपूर्व निर्णय गर्छ र गैर-यहूदी इसाईहरूले मूर्तिपूजा गर्ने मन्दिरहरूमा बलिदान गर्ने कार्यमा सहभागी हुन छोड्नुपर्ने भए तापनि तिनीहरूले जातीय रूपमा यहूदी पहिचानलाई अवलम्‍बन गर्ने वा तोराहको विधिवत् नियम र प्रचलनहरूलाई पालना गर्नु पर्दैन भनेर स्पष्ट पार्छ। येशू यहूदी मसीह हुनुहुन्छ तर उहाँ बौरी उठ्नुभएका सबै जातिका राजा पनि हुनुहुन्छ। परमेश्‍वरको राज्यको सदस्यता जातीयता वा व्यवस्थामा होइन तर येशूलाई भरोसा गर्ने र उहाँको आज्ञापालन गर्ने कार्यमा आधारित छ। पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्: • तपाईंले आजको अध्याय पढ्ने क्रममा के-कस्ता विचार, प्रश्‍न वा अन्तर्दृष्टि प्राप्त गर्नु भयो? • यदि पावल र बारनाबासले यहूदियाबाट आएका शिक्षकहरूको सामना गर्न नचाहेका भए के हुनेथियो भन्‍ने तपाईंलाई लाग्छ (१५:१-२)? किन तिनीहरूले कुरा उठाए र त्यस्तो दह्रिलो बहस गरे भन्‍ने तपाईंलाई लाग्छ? आत्माको अगुवाइ पाएको तिनीहरूको विवेकको तत्कालीन परिणाम के थियो (हेर्नुहोस्, १५:३१)? के तपाईंको समुदायको कसैले अन्यायी ढङ्गले आफूलाई बाहिऱ्याइएको अनुभव गर्छ? तिनीहरूको पक्षमा तपाईं कसरी स्वास्थ्यकर समाधान खोज्‍न सक्‍नुहुन्छ? • तपाईंका मननहरूले प्रार्थना गर्ने उत्प्रेरणा दिऊन्। येशूले उहाँमा भरोसा गर्ने सबैलाई समावेश गर्नुभएकोमा उहाँप्रति तपाईंको कृतज्ञता व्यक्त गर्नुहोस्। तपाईंको समुदायमा मानिसहरूलाई बहिस्कार गर्ने वा दबाब दिने बाधाहरू कहाँ छन्, सो तपाईंलाई देखाइदिन उहाँलाई अनुरोध गर्नुहोस्। साँचो र मायालु कुराको लागि बोल्‍न र वकालत गर्न चाहिने साहसको लागि प्रार्थना गर्नुहोस्।
Dag 10Dag 12

Om denne planen

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई प्रेरितको पुस्तक २० दिनमा पढी सिध्याउन उत्प्रेरित गर्ने उद्देश्यले उल्टो प्रकारको राज्य भाग-२ डिजाइन गऱ्यो। यस योजनाले सहभागीहरूलाई येशूसँग नजिक रहेको अनुभव गर्न ...

More

YouVersion bruker informasjonskapsler for å tilpasse opplevelsen din. Ved å bruke nettstedet vårt godtar du vår bruk av informasjonskapsler, som beskrevet i vår Personvernerklæring