YouVersion Logo
Search Icon

Plan Info

तपाईंको समय परमेश्वरको निम्ति प्रयोग गर्ने नमूना

Using Your Time for God

DAY 1 OF 4

तपाईंको समयलाई उत्पादनशील रूपमा प्रयोग गर्नु

जब म प्राथमिक विद्यालयमा अध्ययन गर्दै थिएँ, मानिसहरूले मलाई अक्सर सोध्ने गर्थै कि, तिमीलाई मनपर्ने विषय कुन होरु” अनि मेरो प्रतिक्रिया सधैं दुई चीज मध्ये एक थियो। मैले कि “रिसेस” वा ”जिम” भनेर जवाफ दिन्थे। मेरो जवाफले मेरो गहिरो सोख प्रकट गर्यो। म काम गर्न र खेल्न रुचाउँछु। वास्तवमा, यो “किन” भन्ने प्रश्नमा मेरो नवजात दार्शनिक मनन त्यो बेलामा भयो जब म सर्कसमा हाई–वायर वाकर हुँ भनी बहाना गर्दै लामो बाटोमा टिपोइङ गर्दै स्कूल जाने खेल बनाउन थाले ।


मैले आफूलाई जीवनको अर्थ सोधें जहाँ मैले सप्ताहन्तमा खेल्न सकूँ भनेर मैले गर्न नचाहेको काम गर्न हप्ताको पाँच दिन बिताउनुपर्‍यो। म सधैं विद्यालय सुरु हुनुभन्दा एक घण्टा अघि विद्यालयको आँगनमा हुन्थे – मेरो पढाइलाई सुरु गर्ने जोशमा होइन, तर विद्यालय सुरु भएको घन्टी बज्नु अधि खेल मैदानमा एक घण्टा रमाइलो गर्ने समय बचाउन। मेरो लागि, समयको उद्धार वा वचत भनेको कामको आवश्यक घण्टाबाट खेलको लागि बहुमूल्य मिनेटहरू बचाउनु थियो ।


मैले यो महसुस गरेको छु कि जब प्रेरित पावलले आफ्ना पाठकहरूलाई “समयको सदुपयोग(बचाउन) गर्न आग्रह गरे, किनकि दिनहरू खराब ” (एफिसी ५ः१६), मेरो अभ्यासहरू ठ्याक्कै उनको विचार जस्तै जस्तो थिएनन्। ख्रीष्टको राज्यको परिश्रममा आफ्नो समयको उत्पादक सदुपयोग गर्न पावलले एउटा गम्भीर आह्वान गरेका छन्।


कोरम डियोः परमेश्वरको उपस्थितीमा रहनु

के तपाईं आफ्नो समयलाई परमेश्वरको राज्यको लागि उत्पादक तरिकाले सदुपयोग गर्नुहुन्छ?.


Copyright © Ligonier Ministries. R.C. Sproul बाट निःशुल्क पुस्तक प्राप्त गर्नको निम्ति यहाँ जानुहोस्ः Ligonier.org/freeresource.

धर्मशास्त्र

Day 2

About this Plan

Using Your Time for God

तपाईंको समय परमेश्वरको निम्ति प्रयोग गर्ने विषयमा आर सि स्प्राउल (R.C. Sproul) बाट ४ दिने (भक्ति पाठ) डिभोसन। प्रत्येक पाठले तपाईंलाई परमेश्वरको उपस्थितिमा, परमेश्वरको अख्तियारमा, र परमेश्वरको महिमामा बाँच्नको निम्ति आह्...

More

हामी Ligonier Ministries लाई यो योजना उपलब्ध गराइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। थप जानकारीको लागि यहाँ जानुहोस्ः Ligonier.org/youversion

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy