YouVersion Logo
Search Icon

रोमी 12

12
जिउँदो बलि
1यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर। 2यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।
3किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्‍ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्‍तो सम्‍झनुपर्छ त्‍यसभन्‍दा बढ़ी नसम्‍झोस्, तर परमेश्‍वरले हरेकलाई दिनुभएको विश्‍वासको नापबमोजिम सन्‍तुलित विचारले सोचोस्‌। 4किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्ग हुन्‍छन्, तर सबै अङ्गहरूको एउटै काम हुँदैन,#१ कोर १२:१२ 5त्‍यसरी नै हामी जो धेरै छौं, हामी पनि ख्रीष्‍टमा एउटै शरीर हौं, र प्रत्‍येक एक-अर्काका अङ्ग हौं। 6हामीलाई दिइएको अनुग्रहअनुसार अलग-अलग वरदानहरू हामी प्रयोग गरौं। अगमवाणीको हो भने, विश्‍वासको परिमाणअनुसार,#१ कोर १२:४-११ 7सेवाको हो भने, सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा, 8अर्ती दिनेले अर्ती दिने काममा, दान दिनेले उदारचित्तले, शासन गर्नेले दत्तचित्तसाथ, कृपाको काम गर्नेले खुशीसित।
प्रेम सम्‍बन्‍धी
9प्रेम निष्‍कपट होस्‌। जुन कुरा खराब छ, त्‍यसलाई घृणा गर। जुन कुरा असल छ, त्‍यसमा लागिरहो। 10भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्‍दा बढ़ी अरूलाई आदर गर। 11जोशमा पछि नहट। पवित्र आत्‍मामा प्रज्‍वलित होओ, प्रभुको सेवा गर्दैरहो। 12आफ्‍नो आशामा आनन्‍द गर, सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा निरन्‍तर लागिरहो। 13सन्‍तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्‍कार कायम राख।
14तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ, नसराप।#मत्ती ५:४४; लूक ६:२८ 15आनन्‍द गर्नेहरूसँग आनन्‍द गर। रुनेहरूसँग रोओ। 16एक-अर्कासँग मिलेर बस, अभिमानी नहोओ, तर नम्रहरूसँग सङ्गत गर। कहिल्‍यै अहङ्कारी नहोओ।#हितो ३:७
17कसैलाई खराबको सट्टा खराब नगर। जुन कुरा सबै मानिसहरूका दृष्‍टिमा आदरणीय छ, तिनमा ध्‍यान देओ। 18हुन सक्‍छ भने, सकेसम्‍म सबैसँग शान्‍तिमा बस। 19प्रिय हो, आफैले कहिल्‍यै बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।#व्‍य ३२:३५ 20बरु, “तिम्रो शत्रु भोकाएको छ भने त्‍यसलाई खुवाओ, त्‍यो तिर्खाएको छ भने त्‍यसलाई पानी देओ। त्‍यसो गर्नाले तिमीले त्‍यसको टाउकोमा आगोको भुङ्‌ग्रो थुपार्नेछौ।”#हितो २५:२१-२२ 21खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।

Currently Selected:

रोमी 12: NNRV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy