YouVersion Logo
Search Icon

कलस्सी 2

2
1तिमीहरूले यो जान भन्‍ने म चाहन्‍छु, कि कसरी तिमीहरू र लाउडिकियामा भएकाहरू, र मेरा मुखै नदेख्‍ने सबैका खातिर म कठोर परिश्रम गर्दछु, 2कि प्रेममा एकसाथ बाँधिएर तिनीहरूका हृदय प्रोत्‍साहित होऊन्, र पक्‍का समझका परिपूर्णताको सम्‍पत्ति र परमेश्‍वरका रहस्‍यको ज्ञान, अर्थात्‌ ख्रीष्‍टलाई प्राप्‍त गरून्‌। 3उहाँमा नै ज्ञान र बुद्धिका सारा सम्‍पत्ति लुकेका छन्‌। 4म यो भन्‍दछु, कि बहकाउने वचनले कसैले तिमीहरूलाई नछलोस्‌। 5किनकि शरीरमा म अनुपस्‍थित भए तापनि आत्‍मामा त म तिमीहरूसँगै छु, र तिमीहरूका सुव्‍यवस्‍था र ख्रीष्‍टमा तिमीहरूका विश्‍वासको स्‍थिरतामा म रमाउँदछु।
ख्रीष्‍टको जीवनद्वारा छुटकारा
6यसकारण जसरी ख्रीष्‍टलाई तिमीहरूले ग्रहण गर्‍यौ, त्‍यसरी नै उहाँमा जीवन बिताओ। 7धन्‍यवाद दिनमा प्रशस्‍त हुँदै, तिमीहरूलाई शिक्षा दिएबमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्‍वासमा दह्रिला भएका होओ।
8ध्‍यान देओ, कि कसैले दर्शनशास्‍त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्‍टकाअनुसार होइनन्, तर मानिसको परम्‍परा र विश्‍वका आधारभूत सिद्धान्‍तहरूमाथि अड़िएका हुन्‍छन्‌।
9किनकि ख्रीष्‍टमा ईश्‍वरत्‍वको सारा परिपूर्णता शरीरमा वास गर्दछ, 10र उहाँमा नै जीवनको परिपूर्णतामा तिमीहरू आइपुगेका छौ। उहाँ नै समस्‍त शासन र अधिकारको शिर हुनुहुन्‍छ। 11ख्रीष्‍टको खतनामा पापमय स्‍वभावको देहलाई त्‍यागेर हातविना गरिएको खतनाद्वारा उहाँमा तिमीहरूको खतना भएको थियो। 12बप्‍तिस्‍मामा तिमीहरू उहाँसँग गाडिएका थियौ। मरेकाहरूबाट उहाँलाई जीवित पार्नुहुने परमेश्‍वरको कार्यमा विश्‍वास राख्‍नाले यही बप्‍तिस्‍मामा तिमीहरू पनि उहाँसँगै जीवित पारियौ।#रोम ६:४
13तिमीहरू आफ्‍ना अपराध र शरीरअनुसार बेखतनामा मरेका थियौ, तर परमेश्‍वरले हाम्रा सबै अपराध क्षमा गरिदिएर उहाँसँगै जीवित पार्नुभयो,#एफि २:१-५ 14र हाम्रो विरुद्धमा रहेको तमसुक र त्‍यसका सबै कानूनी दाबीहरूलाई क्रूसमा कीला ठोकी रद्द गरिदिनुभयो।#एफि २:१५ 15उहाँले प्रधानताहरू र शक्तिहरूलाई नि:शस्‍त्र पारी ती सबैमाथि क्रूसमा विजय प्राप्‍त गर्नुभयो, र तिनलाई खुल्‍लमखुल्‍ला तमाशा बनाइदिनुभयो।
16यसकारण खान र पिउनमा, वा पर्वको दिन, वा औंसी वा शबाथ-दिन मान्‍ने विषयमा कुनै मानिसले तिमीहरूलाई दोष नदेओस्‌।#रोम १४:१-६ 17यीचाहिँ आउने कुराका छाया मात्र हुन्, तर वास्‍तविकताचाहिँ ख्रीष्‍टमा हुन्‍छ। 18आफ्‍नै शरीरलाई सास्‍ती दिने कुरामा जिद्दी गरेर, स्‍वर्गदूतलाई पुज्‍न लाएर, आफ्‍नो दर्शनमा अड़िएर, आफ्‍नो अभिलाषी मनले कारणविनाको घमण्‍डले फुलिएर कसैले तिमीहरूलाई इनाम गुमाउने नतुल्‍याओस्‌। 19यस्‍ताहरूले ख्रीष्‍ट, अर्थात्‌ शिरलाई समातिराख्‍दैनन्, जसबाट पोषण पाई जोर्नी र ग्रन्‍थिहरूद्वारा एकसाथ गाँसिएर सारा शरीर परमेश्‍वरले दिनुभएको वृद्धिअनुसार बढ्‌दैजान्‍छ।#एफि ४:१६
20यदि संसारका आधारभूत सिद्धान्‍तहरूप्रति ख्रीष्‍टसँग तिमीहरू मरेका छौ भने, यस संसारका जस्‍ता भई किन तिमीहरू बाँचिरहन्‍छौ? नियमहरूका अगि किन झुक्‍छौ? 21“नसमात, नचाख, नछोओ” 22(यी जम्‍मै कुराहरू व्‍यवहार गर्दागर्दा नष्‍ट भएर जान्‍छन्‌)। यी कुराहरू मानिसहरूका आदेशहरू र सिद्धान्‍तहरूमा आधारित छन्‌। 23उपासनालाई कष्‍टदायी बनाएर र आफैलाई हियाएर, र शरीरलाई सास्ती दिएर तिनीहरूले बुद्धिको स्‍वाँग त पार्छन्, तर शरीरका अभिलाषालाई काबूमा ल्‍याउन यी कुराहरू कुनै मूल्‍यका हुँदैनन्‌।

Currently Selected:

कलस्सी 2: NNRV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy