YouVersion Logo
Search Icon

१ थेसलोनिकी पुस्तक परिचय

पुस्तक परिचय
थेसलोनिके उत्तर ग्रीसको माकेडोनिया भन्‍ने प्रदेशको राजधानी थियो। आफ्‍नो प्रचारको दोस्रो यात्रामा पावल थेसलोनिकेमा पुगे। त्यहाँ पावलको पहिलो भेटको वर्णन प्रेरित १७:१-९ मा लेखिएको छ।
यो पत्र लगभग ईस्वी सम्बत्‌ ५० मा कोरिन्थबाट लेखेर पठाइएको थियो। पावल थेसलोनिकेमा केही हप्‍तासम्म मात्र बस्‍न पाएका थिए। त्यसपछि भीडको विरोधले गर्दा तिनी तुरून्तै गइहाल्नुपरेको थियो। त्यसपछि त्यहाँका सबै नयाँ ख्रीष्‍टियानहरूमाथि कष्‍ट र खेदो पर्‍यो। पावलले तिनीहरूलाई साहस र अझै केही शिक्षा दिन यो पत्र लेखे।
त्यति मात्र होइन, थेसलोनिकेमा पावलका शत्रुहरू, यहूदी र अन्यजाति दुवै प्रशस्त थिए। ख्रीष्‍टको सुसमाचारको विरोध गर्नका निम्ति उनीहरूले पावललाई बदनाम र निन्दा गर्न लागेका थिए। यस्ता झुटा दोषबाट पावलको अनादर भयो भने, नयाँ थेसलोनिकी ख्रीष्‍टियानहरूको विश्वास दुर्बल हुन जाला भन्‍ने पावललाई डर थियो। यसकारण यस पत्रमा पावल आफ्‍ना शत्रुहरूका कुराको विरोध गर्दछन्‌।
थेसलोनिकीहरूलाई पहिलो र दोस्रो पत्रहरू र गलातीहरूलाई लेखेको पत्रचाहिँ पावलले लेखेका पत्रहरूमध्ये सबभन्दा पहिले लेखिएका थिए। यी तीन वटा पत्रहरू नयाँ करारमा लेखिएका प्रथम पुस्तकहरू हुन्‌।
पावलको जीवनको विषयमा अझ बुझ्‍नलाई रोमीहरूलाई पावलको पत्रको परिचय हेर्नुहोस्‌।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy