YouVersion Logo
Search Icon

१ कोरिन्थी 12

12
आत्मिक वरदानहरू
1भाइ हो, अब आत्‍मिक वरदानको विषयमा तिमीहरू अजान रहो भन्‍ने मेरो इच्‍छा छैन। 2तिमीहरूलाई थाहै छ, कि जब तिमीहरू अन्यजाति थियौ, तब कुनै न कुनै प्रकारले प्रभावित भएर तिमीहरू बोल्‍नै नसक्‍ने मूर्तिहरूतिर बहकिएका थियौ। 3यसकारण तिमीहरूले यो कुरा बुझेका म चाहन्‍छु, कि परमेश्‍वरका आत्‍माद्वारा बोल्‍ने कसैले “येशू श्रापित होस्‌” भन्‍दैन, अनि पवित्र आत्‍माद्वारा मात्र “येशू नै प्रभु हुनुहुन्‍छ” भन्‍न सक्‍छ।
4वरदानहरू विभिन्‍न किसिमका छन्, तर पवित्र#12:4 स्रोत भाषामा “पवित्र” शब्द नभए पनि पवित्र आत्मा नै बुझिने भएकोले पवित्र आत्मा लेखियो। आत्‍मा एउटै हुनुहुन्‍छ। #रोम १२:६-८ 5सेवाहरू धेरै थरीका हुन्‍छन्, तर प्रभु एउटै हुनुहुन्‍छ। 6कामहरू धेरै किसिमका छन्, तर उनै परमेश्‍वरले हरेकलाई ती काम गर्ने प्रेरणा दिनुहुन्‍छ। 7सबैका हितको लागि नै पवित्र आत्‍माको काम प्रकट हुन हरेकलाई दिइएको छ। 8कसैलाई पवित्र आत्‍माद्वारा बुद्धिका कुरा बोल्‍ने, कसैलाई उनै पवित्र आत्‍माअनुसार ज्ञानका कुरा बोल्‍ने, 9कसैलाई उनै पवित्र आत्‍माद्वारा विश्‍वास गर्ने, कसैलाई उनै एक पवित्र आत्‍माद्वारा रोग निको पार्ने वरदानहरू दिइएका छन्, 10कसैलाई आश्‍चर्य कामहरू गर्ने, कसैलाई अगमवाणी बोल्‍ने, कसैलाई आत्‍माहरू छुट्ट्याउन सक्‍ने, कसैलाई भिन्‍न-भिन्‍न किसिमका भाषाहरू बोल्‍ने, कसैलाई चाहिँ ती भाषाहरूको अर्थ खोलिदिने। 11तर यी सबै उनै एक पवित्र आत्‍माका कामहरू हुन्‌। उहाँले हरेकलाई उहाँको इच्‍छाअनुसार वरदान दिनुहुन्‍छ।
एउटै शरीर, धेरै अङ्गहरू
12किनकि जस्‍तो शरीर एक छ, र त्‍यसका धेरै अङ्गहरू हुन्‍छन्, र शरीरका सम्‍पूर्ण अङ्गहरू धेरै भए तापनि शरीरचाहिँ एउटै हुन्‍छ, ख्रीष्‍ट पनि त्‍यस्‍तै हुनुहुन्‍छ।#रोम १२:४-५ 13किनकि एउटै पवित्र आत्‍माद्वारा हामी सबैले एउटै शरीरमा बप्‍तिस्‍मा पाएका छौं— यहूदी वा ग्रीक, कमारो वा फुक्‍का, हामी सबैलाई एउटै पवित्र आत्‍माबाट पिउन दिइयो।
14किनकि शरीर एउटै अङ्गबाट मात्र होइन तर धेरै अङ्गहरूबाट बनिएको हुन्‍छ। 15यदि खुट्टाले “म हात होइनँ, यसैले म शरीरको अङ्ग होइन” भन्‍यो भने, के त्‍यो शरीरको अङ्ग हुँदैन र? 16र कानले “म आँखा होइनँ, यसैले म शरीरको अङ्ग होइनँ” भन्‍यो भने, त्‍यो शरीरको अङ्ग हुँदैन र? 17यदि जम्‍मै शरीर आँखा हुँदो हो त सुन्‍ने कहाँबाट? यदि जम्‍मै शरीर कान हुँदो हो त सुँघ्‍‌ने कहाँबाट? 18तर परमेश्‍वरले आफ्‍नो इच्‍छाबमोजिम शरीरमा हरेक अङ्ग मिलाएर राखिदिनुभएको छ। 19यदि ती जम्‍मै एउटै अङ्ग हुँदा हुन्‌ त शरीर कहाँ हुने? 20तर अङ्गहरू धेरै छन्, तापनि शरीरचाहिँ एउटै।
21आँखाले हातलाई “मलाई तेरो दरकार छैन” भन्‍न सक्‍दैन, र शिरले पनि खुट्टालाई “मलाई तिमीहरूको दरकार छैन” भन्‍न सक्‍दैन। 22बरु शरीरका अझ दुर्बल देखिने अङ्गहरू नै नभई नहुने हुन्‍छन्‌। 23शरीरका ती अङ्गहरू जुनहरूलाई हामी कम महत्त्वका ठान्‍छौं, तिनलाई हामी बढ्‌ता आदर दिन्‍छौं। प्रत्‍यक्ष रूपले देखाउन नसकिने अङ्गहरूलाई हामी बढ़ी भद्रतासाथ राख्‍छौं, 24प्रत्‍यक्ष देखाउन सकिने हाम्रा अङ्गहरूलाई त्‍यस्‍तो हिफाजत चाहिँदैन। तर परमेश्‍वरले हाम्रो शरीरलाई यसरी मिलाउनुभएको छ कि हीन अङ्गहरूलाई बढ़ी आदर प्रदान गर्नुभएको छ, 25ताकि शरीरमा बेमेल नहोस्, तर अङ्गहरू एउटाले अर्काको निम्‍ति समान वास्‍ता राखून्‌। 26यदि एउटा अङ्गलाई कष्‍ट भयो भने सबै अङ्गहरूले सँगै कष्‍ट भोग्‍छन्, अथवा एउटा अङ्गको आदर भयो भने सबै अङ्गहरूले सँगै आनन्‍द मनाउँछन्‌।
27तिमीहरू ख्रीष्‍टका शरीर हौ, र हरेक त्‍यसका अङ्गहरू हौ। 28परमेश्‍वरले मण्‍डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, तब आश्‍चर्य काम गर्नेहरू, र निको पार्ने वरदान पाएकाहरू, सहायता गर्नेहरू, प्रशासन गर्नेहरू, विभिन्‍न भाषा बोल्‍नेहरू नियुक्त गर्नुभएको छ।#एफि ४:११ 29के सबै प्रेरितहरू हुन्? के सबै अगमवक्ता हुन्? के सबै शिक्षक हुन्? के सबै आश्‍चर्यकर्म गर्नेहरू हुन्? 30के सबैसँग निको पार्ने वरदानहरू हुन्‍छन्? के सबैले विभिन्‍न भाषा बोल्‍दछन्? के सबैले अर्थ खोल्‍न सक्‍छन्‌ र? 31तर अझ उच्‍च वरदानहरूको उत्‍कट इच्‍छा गर। अनि म तिमीहरूलाई झन्‌ उत्तम मार्ग बताउँछु।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy