जब मोशा ठूला भए तब तिनी आफ्ना भाइबन्धुहरूकहाँ गए, र तिनीहरूले गरेका कठिन काम देखे। तिनले आफ्ना भाइबन्धुहरूमध्ये एक जनालाई, अर्थात् एक जना हिब्रूलाई एक जना मिश्रीले हिर्काइरहेको देखे। तब तिनले यताउता हेरे, र कोही पनि नदेख्दा त्यस मिश्रीलाई मारेर बालुवामा पुरिदिए।